आम ब्यक्तिहरुको धारणा के रहेको पाइन्छ भने पुराना उहिलेका कलाकारहरु धेरै नै मिहिनेती थिए, उहाँहरुको बेलाको गीत सँगीत सबै स्तरीय हुने गर्दथ्यो आज भोली न कलाकार राम्रा छन् न त गीत सँगीत नै !
परन्तु म कम से कम आफ्ना शिष्य शिष्याहरुलाई के भन्न चाहन्छु भने उहिलेको भन्दा अहिलेको समय निकै सजिलो छ मात्र मिहिनेतको कुरा हो !
मिहिनेत र साधना गर्नेहरुको लागि कुनै पनि समय कमजोर हुन सक्दैन !
अस्तित्व सँग अपार सम्भावनाहरु छन् अस्तित्वले हरेक समय र युगमा सँधै नै प्रतिभाहरुलाई जन्माउने अपार क्षमता छ ! त्यसैले गहिरो साधनामा डुबेर अगाडी बढ्नुहोस याद गर्नुहोस कि अस्तित्वले यो सँसारमा कुनै पनि कालखण्डमा विलक्षण प्रतिभाहरु जन्माई रहेकै हुन्छ !
तपाईँले आफुलाई अस्तित्वले जन्माएको यो युगको बिलक्षण प्रतिभाको रुपमा स्थापित गर्न सक्नुहुन्छ ! सँधैं आफ्नो साधनामा बिस्वास राखेर अगाडी बढ्नुहोस र जीवनलाई आनन्दित बनाउनुहोस् ! काल्पनिक र मनगढन्ते कुराहरुमा बिस्वास नगर्नुहोस् !
जय सँगीत !!